Posts

  तिमी जून   तिमी जून म जमिएको पानी हुँ तिमीलाई आफ्नो वक्षमा राखिरहन चाहन्छु तिमी धरतीलाई जसरी हेर्थ्यौ पहिले, त्यसरी नहेर तिमीलाई आफ्नो आँखाभरि सजाएर राख्ने छु।   तिम्रो दागको चर्चा गरिबस्छन् मेनकाहरू तिम्रो दागलाई ब्ल्याकमेल गरिबस्छन् औरङ्गजेबहरू। v     तिमी फूल म शित हुँ तिम्रा पत्रदलहरूमा बसेर प्राण भरिरहन्छु तिमी पत्रदलहरूमा फक्रिएर जसरी झर्थ्यौ पहिले यति चाँडै त्यसरी नझर म तिम्रा राता गालाहरूमा समेटिएर रहने छु।   शित खेलाइबस्छन् उर्वशीहरू पत्रदल झारिबस्छन् दुर्योधनहरू। v     तिमी रङ म सादा कागज हुँ तिम्रो रङले रङ्गिरहन चाहन्छु सधैँ   रङ खेलाइबस्छन् शकुन्तलाहरू रङलाई पनि बेरङ पार्छन् कालपुरुषहरू। v     ओ ! मेरो मनको मान्छे ! तिमी जसरी पोत्थ्यौ पहिले, त्यरी नपोत म तिम्रो रङले एउटा सुमधुर चित्र कोर्ने छु जीवनको। v    

कविता_ तेस्रो आँखा

तेस्रो आँखा। _________ निरज थापा औ दिलमाया! खोल त्यो निश्छल आँखा त्यो भित्रको बादललाई फाट्न देऊ बर्सिन देऊ शान्त हुनदेऊ ज्वार भाटालाई कति राख्छौ थुनेर आफैलाई यो घरभित्र, समाजभित्र? छोरीका रूपमा दिदीका रूपमा बहिनीका रूपमा प्रेमिकाका रूपमा स्वास्नीका रूपमा बुहारीका रूपमा काकीका रूपमा छेमाका रूपमा फूपूका रूपमा वा अरू विभिन्न रूपमा। तिमीभित्र पनि त तिमी छ तिमीभित्र पनि त छ एकजना लेखक सबैका मनका कुरा लेख्न सक्छौ, एकजना गायक जिन्दगीको मिठोपन गाउन सक्छौ, एकजना अभिनेता समाजका असल चरित्र प्रस्तुत गर्नसक्छौ, एकजना चित्रकार जिन्दगीलाई रङमा उतार्नसक्छौ, एकजना एक्टिभिष्ट सत्यका पक्षमा उभिनसक्छौ। तिमी बिहानीको आलर्म तिमी बिहानीको चिया खाजा, तिमी बिहानीको भजन, कीर्तन दिनको खाना तिमी केही नभनी मसित सुत्ने साथी। तिमी त्यतिमात्र होइनौ। तिमीले बाथरूम पसेर सेकेको आँखा तिमीले टेरेस चढेर फ्याकेको सपना तिमीले नानीलाई हेरेर थुनेको तिम्रो मन के म त्यति पनि पढ्न नसक्ने अनपढ हुँ र? औ दिलमाया! तिमीले तिमीलाई तिमी हुनदेऊ। मान्छेका कामै हुन् अर्काको आङमा जुम्रा ...

आकासमा ड्रयागन। (कविता)

कविता आकासमा ड्र्यागन। #निरज थापा सिलगढी। उडिरहेछ उडिरहेछ उडिरहेछ आकासमा कालो बादलजस्तो घामै निलेर ड्रयागन। लामा लामा दाह्रा जिउभरि तिखो तिखो सुइरो काँडै काँडाको आँखा आगै आगो छाद्ने मुख डल्लै ब्राह्मन्ड बेर्ने जिब्रो। त्यो किटिरहेछ  किटिरहेछ किटिरहेछ कटटटट कटक कटक दाह्रा, निलिरहेछ खप्लक खप्लक खप्लक हावा, पानी, छादिरहेछ छादिरहेछ छादिरहेछ पृथिवीको छातीभरि आगै आगो, घर घरमा छिराइरहेछ धुरी धरीबाट धुवाँ धुवाँ धुवाँ, रालै राल, उनिरहेछ उनिरहेछ उनिरहेछ टाउकोको माला। हावामा पिङ खेल्दै खसिरहेछ खसिरहेछ खसिरहेछ त्यो गिदी गिदीमा। टोकिरहेछ टोकिरहेछ टोकिरहेछ देश देशको सीमा तार। नमस्ते गरिरहेछ तैनाथ सुरक्षाकर्मी हात हातमा पञ्जा लगाएर। * फुत्त फुत्त फुत्त हाम फाल्दैछन् वैज्ञानिकहरूका इच्छा/आकांक्षा ग्रेट वालमा उभेर बैकालमा। आत्महत्या गर्दैछन् डाक्टरहरूका, मन्त्रीहरूका, उद्योगपतिहरूका, प्याथोलजिस्टहरूका निद्राले फ्याक्टरीका एसी च्याम्बरमा, ल्याब्रटरीमा, हस्पिटलमा, सदनमा। गणित लेखिरहेछन् विश्वका पुँजीपतिहरू बालुवाले छोपेर आफैलाई, क्याक्टस...

निरज थापाका रचनाहरू: बाटो सिम्फोनी एक पिरती कविता

निरज थापाका रचनाहरू: बाटो सिम्फोनी एक पिरती कविता : कविता बाटो सिम्फोनी            निरज थापा, लङ्कु बाटो त्यही हो अलिकति चौडा चाहि भएको छ जसरी अलिकति तिमी मोटिएकी छौ जसरी अ...

बाटो सिम्फोनी एक पिरती कविता

कविता बाटो सिम्फोनी            निरज थापा, लङ्कु बाटो त्यही हो अलिकति चौडा चाहि भएको छ जसरी अलिकति तिमी मोटिएकी छौ जसरी अलिकति म मोटिएको छु फरक त्यति मात्र छ। तिम्रो हात्ती छाप चप्पल चुँडिएको त्यहीँ नै हो मैले सिरू बटारेर फिता बनाइदिएको पनि त्यहीँ नै हो तिमीले सिरु चपाउँदै चपाउँदै अघिअघि हिँडेको गोधुलीसाँझ मैले कुरो फूल बोकेर तिमीलाई पर्खिरहेको छिप्पट दिन तिमीले पाँसपातेको पात ठङ ठङ पड्काएको यहीँ हो मैले काउलोको पात फिरफिरे बनाएर कुदेको यहीँ हो अँ अलिकति कालो चाहि भएको छ जसरी तिमीले आफूलाई भित्र स्वच्छ राख्न कालो पोत्यौ अनुहारमा जसरी मैले आफूलाई भित्र स्वच्छ राख्न कालो पोते स्वरुपमा फरक त्यति मात्र छ। तिमीलाई लाहुरेले माङ्नु आउँदा लुक्ने कटुसको रूख त्यहीँ छ मलाई आमाले कराउँदा आँशु खसाउने गोकुलको रूख त्यहीँ छ अँ अलिकति बुढो भएको छ कटुस , जसका हाँगाहरू पहिला जस्ता छैनन् अँ अलिकति बुढो भएको छ गोकुलको रूख , जसले मरेरै दुईचारवटा फल्छन् जसरी तिम्रा इच्छाहरू केही परलोक पुगेका छन् जसरी मेरा इच्छाहरू केही...

कथा- बाटो

बाटो अब बाटो अर्कै । अध्यन र अध्याय अर्कै जीवनको । हामी दुवैको लक्ष्य र आधार एउटै तर । भेटैँला पछि कुनै सिद्धान्त र मर्यादाको मैदानमा । दोबाटोमा । मोडमा । यसरी गएथ्यो रमेश तीन वर्षअघि । बाघडोगरा हवाईअड्डाले छुट्याएथ्यो हामीलाई । गाउँलेले भएभरको सहयोग गरे हामीलाई । गाई बेचे । हल गोरू बेचे । अदुवा कुच्चोको पैसा हामीलाई दिए । कोओपरेटिभ ब्याङ्कबाट मोर्गेजको लोन काडे बाबाले । आमाले तिलहरी , सिरबन्दी, झुम्के बुलाकी , बाघमुखे चुरा बन्दक राखिन् साहुकहाँ । रमेशको बाबाले पनि त्यसै गरे । गाभिना गाई बिक्री गरे । दशैंलाई भनी राखेको सुँगुर बिक्री गरे । छोरोको बिहेलाई भनी राखेको खसी पनि बिक्री गरे । उनीहरूको आँखामा घरकोभन्दा बढी गाउँको भविश्य थियो । चिन्ता थियो । पीएमजीएसवाईको इन्कम्प्लिट बाटो भएर राष्ट्रपथ झरेका थियौँ हामी । उल्लासमा झन्नै जुत्ताका नोक भत्काएका थियौँ , ढुङ्गामा ठोक्काएर । ...... तीन वर्षपछि फर्केर गाउँमा पाइला टेकेको छु । मेरो बुटले पत्करहरू उडे गाउँभरि । सुकिला बाटा, दुवै छेवमा लहरै उभेका छन् बगेनाका रूखहरू । यात्री बिसौनीमा आपुगेको छु । पानीका ठुल्ठु...

तपाईँका आँखा

तपाईँका आँखा .......................... तपाईँ मेरो आँखा मनपराउनु हुन्छ। मन पराउनु हुन्छ? तेसो भा तपाईँ भ्रममा हुनुहुन्छ आँखै मन पराउने त तपाईँका नि आँखा छन् तपाईँ मेरो अनुहार मन पराउनु हुन्छ? मेरो अनुहार हेर्ने पनि तपाईँका आँखै छन् के तपाईँ मेरो शरीर मन पराउनु हुन्छ? त्यो शरीर हेर्ने पनि तपाईँका आँखा छन् त्यो शरीर जो सधैँ मेरो हुँदैन तपाईँ त्यसलाई माया गर्नुहुन्छ? तपाईँ मसितै मेरो घर मन पराउनुहुन्छ रेडिमेट तपाईँ मसितै मेरा गाडीहरु मन पराउनुहुन्छ कुकुरहरु मन पराउनु हुन्छ जसले तपाईँको वरिपरि पुच्छर हल्लाउँदै घुम्छ तपाईँ मेरा बघैँचालाई प्रेम गर्नुहुन्छ बघैँचामा फुलेका गुलाबहरु चुम्नुहुन्छ बसेका शितहरुमा हात डुलाउनु हुन्छ जुन बघैँचा मेरा दश मालीहरुका स्यारले बनेका छन् तपाईँ हावाघरमा पोज दिएर बस्नुहुन्छ 20 मेगापिक्सेल सेल्फी एक्सपर्टले ओँठ चुच्चो पारेर फोटो खिच्नुहुन्छ तपाईँ मेरो केश मन पराउनुहुन्छ घरि ठाडो पारिदिनुहुन्छ घरि छड्के घरि तेर्सो तपाईँ मेरा हात खुट्टा जिउ-डाल, रङ मन पराउनुहुन्छ तपाईँलाई त्यो आँखाले कति भ्रमित गरेको छ भने तपाईँले...

केही कुकुरहरू रूँदै फर्किए।

कविता केही कुकुरहरू रूँदै फर्किए। केही हापेनहरू छिल्लिँदै गए पछिपछि गए केही कट्मेरा ड्रगहरू केही पछि गए तीनपानीले रन्थनिएका खु्ट्टाहरू   लर्बरिँदै लर्खरिँदै हवाइजहाज उडाउने गाँजाहरू गए पछिपछि केही कुकुरहरू रूँदै फर्किए उप्रान्त सडक सुनसान हुने घटनामा थियो भान्साघरहरूले कान ठाडो पार्दैथियो अब भालेको डाक सुनिने छैनन् एकप्रकारका भइरहेका थिए ठूलो घरका दैलाहरू हावाहरू स्तब्ध थिए पानीहरू हाँगा हाँगामा बसेर रमिता हेर्दै थिए जूनको प्रकाश झनै मधुरो भएथ्यो घडी हेरेँ - रातको बाह्र बजेको रहेछ। चकमन्न थियो गाउँ मात्र खहरे उर्लेको आवाज सुनिँदै थियो भोलिपल्ट। केही चुराहरू हल्ला गरिएका सुनिए   धारामा केही मुखहरू चुपचाप देखिए हुनु अघि नै किन मेरो आँखा फुटेन - वाक्यहरू बेतमासले बिद्रोह बोल्दैथिए केही सजग वाक्यहरू सुनिए -               समय राम्रो छैन                परिवेश राम्रो छैन               कानुन राम्रो छैन   ...

क्यान यू हेल्प मि?( नेपाली कथा)

कथा क्यान यू हेल्प मि ? ................................. निरज थापा अक्षरगञ्ज लाई थन्क्याएँ थाकमा। बासुदेवकोबाट ल्याएको मोक्षान्त : काठमान्डु फिबर -को सिल्भिया पढेर फेसबुक खोलेँ। सिल्भिया सिलिङफ्यानमा झुन्डिएकोले फ्यानसितै घुमेको दृष्यले आङ जिरिङ्ग भएको छ। फेसबुक खोलेँ अनि ग्रीन टि बनाउन थालेँ। टि पिउँदै कवि भाइ ज्ञानेन्द्र यक्सोसित समावेशी सङ्कथनमा लागेँ। च्याट चल्दैछ ज्ञानेन्द्रसित मेरो। समावेशी र नागरीय जीवन सौन्दर्य-लाई विचार्दैछु म। हाम्रो चर्चा चलिरहेकै छ। फेरि जनान्दोलनको कुरा छ नि के हुने हो ? -एकजना हितैसीले इनबक्समा सोधे। मलाई साह्रै था,भएन। राजनैतिक एनालिसिस गर्नेमा पत्रकार साथीहरू अनिल तेलैँजा, मनोज बोगटी र सचिन चामलिङलाई धेरथोर थाहा हुनसक्छ, तेतै सम्पर्क गर्नोस्न ल। – लेखेँ। मध्यमार्गले समावेशी - बारे सोधेको प्रश्नको पनि चर्चा गर्दैथ्यौँ हामी। एकक्षिण मलाई उत्तर आधुनिक ऐना -को स्वर्गीय ज्याक डेरिडाप्रति हेर्ने इच्छा जागेकोले हेरिपठाउँछु। साथीहरू भने ग्रुप च्याटिङमा धमाधम औँली ठाडो पार्दैछन्। मलाई कुनि किन यो रचनाले तानिबस्छ। फुर्सदको बेला य...