तिमी जून तिमी जून म जमिएको पानी हुँ तिमीलाई आफ्नो वक्षमा राखिरहन चाहन्छु तिमी धरतीलाई जसरी हेर्थ्यौ पहिले, त्यसरी नहेर तिमीलाई आफ्नो आँखाभरि सजाएर राख्ने छु। तिम्रो दागको चर्चा गरिबस्छन् मेनकाहरू तिम्रो दागलाई ब्ल्याकमेल गरिबस्छन् औरङ्गजेबहरू। v तिमी फूल म शित हुँ तिम्रा पत्रदलहरूमा बसेर प्राण भरिरहन्छु तिमी पत्रदलहरूमा फक्रिएर जसरी झर्थ्यौ पहिले यति चाँडै त्यसरी नझर म तिम्रा राता गालाहरूमा समेटिएर रहने छु। शित खेलाइबस्छन् उर्वशीहरू पत्रदल झारिबस्छन् दुर्योधनहरू। v तिमी रङ म सादा कागज हुँ तिम्रो रङले रङ्गिरहन चाहन्छु सधैँ रङ खेलाइबस्छन् शकुन्तलाहरू रङलाई पनि बेरङ पार्छन् कालपुरुषहरू। v ओ ! मेरो मनको मान्छे ! तिमी जसरी पोत्थ्यौ पहिले, त्यरी नपोत म तिम्रो रङले एउटा सुमधुर चित्र कोर्ने छु जीवनको। v
Posts
Showing posts from June, 2022