Posts

Showing posts from August, 2016
कथाकार सञ्जय विष्टको   जुनजस्तै घाम पाठकीय                                                                 निरज थापा, लङ्कु                                                                                                  सिलगढी “ उनी ( सञ्जय विष्ट ) उच्चाधुनिक कालका एक प्रतिनिधि कथाकार हुन् ” – डा सञ्जय बान्तवा ।                                                                         (- जुनजस्तै घाम -बाट) ‘ अघिल्लो साँझदेखि नै बिरामीले एकटक लाएर सिलिङतिर हेरेको हेरेकै थियो । आँखामा आँसुले ताल बनाएको थियो। ताल भरिएर कनपट्टीदेखि कानतिर गुडेको अघिल्लो आँसुको तरल डल्लाले आउने आँसुका डल्लाहरूलाई बाटो बनाइदिएको थियो र त्यही बाटो पहिल्याएर निस्किरहेका आँसुहरू पुछिदिनलाई मूल घर स्याहारेर बसेकी जेठी बुहारी सासूछेव बसेकी थिई हातमा एउटा न्यानो रूमाल लिएर । अगिल्लो साँझदेखि नै श्वास- प्रश्वासमा घ्यार-घ्यार , घ्यार-घ्यार त्रासद ध्वनि थियो । " आमा त मान्छे होला जस्तो छैन माइला , आइहाल्नू" जेठा दाजु महेश्वरले माइलालाई आमाको अवस्थाबारे बताइसकेको थिय