Posts

Showing posts from 2019

निरज थापाका रचनाहरू: बाटो सिम्फोनी एक पिरती कविता

निरज थापाका रचनाहरू: बाटो सिम्फोनी एक पिरती कविता : कविता बाटो सिम्फोनी            निरज थापा, लङ्कु बाटो त्यही हो अलिकति चौडा चाहि भएको छ जसरी अलिकति तिमी मोटिएकी छौ जसरी अ...

बाटो सिम्फोनी एक पिरती कविता

कविता बाटो सिम्फोनी            निरज थापा, लङ्कु बाटो त्यही हो अलिकति चौडा चाहि भएको छ जसरी अलिकति तिमी मोटिएकी छौ जसरी अलिकति म मोटिएको छु फरक त्यति मात्र छ। तिम्रो हात्ती छाप चप्पल चुँडिएको त्यहीँ नै हो मैले सिरू बटारेर फिता बनाइदिएको पनि त्यहीँ नै हो तिमीले सिरु चपाउँदै चपाउँदै अघिअघि हिँडेको गोधुलीसाँझ मैले कुरो फूल बोकेर तिमीलाई पर्खिरहेको छिप्पट दिन तिमीले पाँसपातेको पात ठङ ठङ पड्काएको यहीँ हो मैले काउलोको पात फिरफिरे बनाएर कुदेको यहीँ हो अँ अलिकति कालो चाहि भएको छ जसरी तिमीले आफूलाई भित्र स्वच्छ राख्न कालो पोत्यौ अनुहारमा जसरी मैले आफूलाई भित्र स्वच्छ राख्न कालो पोते स्वरुपमा फरक त्यति मात्र छ। तिमीलाई लाहुरेले माङ्नु आउँदा लुक्ने कटुसको रूख त्यहीँ छ मलाई आमाले कराउँदा आँशु खसाउने गोकुलको रूख त्यहीँ छ अँ अलिकति बुढो भएको छ कटुस , जसका हाँगाहरू पहिला जस्ता छैनन् अँ अलिकति बुढो भएको छ गोकुलको रूख , जसले मरेरै दुईचारवटा फल्छन् जसरी तिम्रा इच्छाहरू केही परलोक पुगेका छन् जसरी मेरा इच्छाहरू केही स्वर्गवास भएका छन् फरक त्यति मात्र हो। बा