बाटो सिम्फोनी एक पिरती कविता
कविता
बाटो सिम्फोनी
निरज थापा, लङ्कु
बाटो त्यही हो
अलिकति चौडा चाहि भएको छ
जसरी अलिकति तिमी मोटिएकी छौ
जसरी अलिकति म मोटिएको छु
फरक त्यति मात्र छ।
अलिकति चौडा चाहि भएको छ
जसरी अलिकति तिमी मोटिएकी छौ
जसरी अलिकति म मोटिएको छु
फरक त्यति मात्र छ।
तिम्रो हात्ती छाप चप्पल
चुँडिएको त्यहीँ नै हो
मैले सिरू बटारेर फिता बनाइदिएको पनि त्यहीँ नै हो
तिमीले सिरु चपाउँदै चपाउँदै अघिअघि हिँडेको गोधुलीसाँझ
मैले कुरो फूल बोकेर तिमीलाई पर्खिरहेको छिप्पट दिन
तिमीले पाँसपातेको पात ठङ ठङ पड्काएको यहीँ हो
मैले काउलोको पात फिरफिरे बनाएर कुदेको यहीँ हो
अँ अलिकति कालो चाहि भएको छ
जसरी तिमीले आफूलाई भित्र स्वच्छ राख्न कालो पोत्यौ अनुहारमा
जसरी मैले आफूलाई भित्र स्वच्छ राख्न कालो पोते स्वरुपमा

तिमीलाई लाहुरेले माङ्नु
आउँदा लुक्ने कटुसको रूख त्यहीँ छ
मलाई आमाले कराउँदा आँशु खसाउने गोकुलको रूख त्यहीँ छ
अँ अलिकति बुढो भएको छ कटुस, जसका हाँगाहरू पहिला जस्ता छैनन्
अँ अलिकति बुढो भएको छ गोकुलको रूख, जसले मरेरै दुईचारवटा फल्छन्
जसरी तिम्रा इच्छाहरू केही परलोक पुगेका छन्
जसरी मेरा इच्छाहरू केही स्वर्गवास भएका छन्
फरक त्यति मात्र हो।

जहाँ तिमीलाई लिन सेतो कार चढेर आएका थिए हल्दार साब
जुन धुलोले म नचिन्ने बनेको थिएँ
जहाँबाट तिमी रुँदै रुँदै बिदा भएर गएकी थियौ।

हामीसितै बात गर्न आइपुग्ने
कल्चुँडाहरू सायद परदेश पसेका छन्
बेला बेला आइपुग्छन् हामी
जसरी,
जसरी विदेशबाट गाउँ फर्किआउँछन् गाउँलेहरू
जसरी छुट्टीमा आउँछन् छावनीबाट लाहुरे, त्यसरी
जसरी तिमी छोरी लिएर हिँढ्छौ कुनै कुनै अशान्त बिहान
जसरी म डुल्छु छोरो लिएर कुनै कुनै अभ्यस्त साँझ
फरक त्यति नै कि कुनै बिहानको यात्री तिमी
कुनै साँझको यात्री म।

कुनै कुनै पल तिम्रा
निश्वासहरू यहाँ रुमलिन्छन्
कुनै कुनै पल मेरा।
कुनै कुनै पल मेरा।
बाटो त्यही हो
हामी दुवै त्यही बाटाका यात्री छौँ
बस, एउटै फरक छ
हामी दुवै त्यही बाटाका यात्री छौँ
बस, एउटै फरक छ
समय त्यो छैन
जुन पहिले हाम्रो थियो।
§
Comments
Post a Comment