Posts

Showing posts from April, 2020

आकासमा ड्रयागन। (कविता)

कविता आकासमा ड्र्यागन। #निरज थापा सिलगढी। उडिरहेछ उडिरहेछ उडिरहेछ आकासमा कालो बादलजस्तो घामै निलेर ड्रयागन। लामा लामा दाह्रा जिउभरि तिखो तिखो सुइरो काँडै काँडाको आँखा आगै आगो छाद्ने मुख डल्लै ब्राह्मन्ड बेर्ने जिब्रो। त्यो किटिरहेछ  किटिरहेछ किटिरहेछ कटटटट कटक कटक दाह्रा, निलिरहेछ खप्लक खप्लक खप्लक हावा, पानी, छादिरहेछ छादिरहेछ छादिरहेछ पृथिवीको छातीभरि आगै आगो, घर घरमा छिराइरहेछ धुरी धरीबाट धुवाँ धुवाँ धुवाँ, रालै राल, उनिरहेछ उनिरहेछ उनिरहेछ टाउकोको माला। हावामा पिङ खेल्दै खसिरहेछ खसिरहेछ खसिरहेछ त्यो गिदी गिदीमा। टोकिरहेछ टोकिरहेछ टोकिरहेछ देश देशको सीमा तार। नमस्ते गरिरहेछ तैनाथ सुरक्षाकर्मी हात हातमा पञ्जा लगाएर। * फुत्त फुत्त फुत्त हाम फाल्दैछन् वैज्ञानिकहरूका इच्छा/आकांक्षा ग्रेट वालमा उभेर बैकालमा। आत्महत्या गर्दैछन् डाक्टरहरूका, मन्त्रीहरूका, उद्योगपतिहरूका, प्याथोलजिस्टहरूका निद्राले फ्याक्टरीका एसी च्याम्बरमा, ल्याब्रटरीमा, हस्पिटलमा, सदनमा। गणित लेखिरहेछन् विश्वका पुँजीपतिहरू बालुवाले छोपेर आफैलाई, क्याक्टस क्य