Posts

Showing posts from June, 2020

कविता_ तेस्रो आँखा

तेस्रो आँखा। _________ निरज थापा औ दिलमाया! खोल त्यो निश्छल आँखा त्यो भित्रको बादललाई फाट्न देऊ बर्सिन देऊ शान्त हुनदेऊ ज्वार भाटालाई कति राख्छौ थुनेर आफैलाई यो घरभित्र, समाजभित्र? छोरीका रूपमा दिदीका रूपमा बहिनीका रूपमा प्रेमिकाका रूपमा स्वास्नीका रूपमा बुहारीका रूपमा काकीका रूपमा छेमाका रूपमा फूपूका रूपमा वा अरू विभिन्न रूपमा। तिमीभित्र पनि त तिमी छ तिमीभित्र पनि त छ एकजना लेखक सबैका मनका कुरा लेख्न सक्छौ, एकजना गायक जिन्दगीको मिठोपन गाउन सक्छौ, एकजना अभिनेता समाजका असल चरित्र प्रस्तुत गर्नसक्छौ, एकजना चित्रकार जिन्दगीलाई रङमा उतार्नसक्छौ, एकजना एक्टिभिष्ट सत्यका पक्षमा उभिनसक्छौ। तिमी बिहानीको आलर्म तिमी बिहानीको चिया खाजा, तिमी बिहानीको भजन, कीर्तन दिनको खाना तिमी केही नभनी मसित सुत्ने साथी। तिमी त्यतिमात्र होइनौ। तिमीले बाथरूम पसेर सेकेको आँखा तिमीले टेरेस चढेर फ्याकेको सपना तिमीले नानीलाई हेरेर थुनेको तिम्रो मन के म त्यति पनि पढ्न नसक्ने अनपढ हुँ र? औ दिलमाया! तिमीले तिमीलाई तिमी हुनदेऊ। मान्छेका कामै हुन् अर्काको आङमा जुम्रा