Posts

Showing posts from November, 2016

क्यान यू हेल्प मि?( नेपाली कथा)

कथा क्यान यू हेल्प मि ? ................................. निरज थापा अक्षरगञ्ज लाई थन्क्याएँ थाकमा। बासुदेवकोबाट ल्याएको मोक्षान्त : काठमान्डु फिबर -को सिल्भिया पढेर फेसबुक खोलेँ। सिल्भिया सिलिङफ्यानमा झुन्डिएकोले फ्यानसितै घुमेको दृष्यले आङ जिरिङ्ग भएको छ। फेसबुक खोलेँ अनि ग्रीन टि बनाउन थालेँ। टि पिउँदै कवि भाइ ज्ञानेन्द्र यक्सोसित समावेशी सङ्कथनमा लागेँ। च्याट चल्दैछ ज्ञानेन्द्रसित मेरो। समावेशी र नागरीय जीवन सौन्दर्य-लाई विचार्दैछु म। हाम्रो चर्चा चलिरहेकै छ। फेरि जनान्दोलनको कुरा छ नि के हुने हो ? -एकजना हितैसीले इनबक्समा सोधे। मलाई साह्रै था,भएन। राजनैतिक एनालिसिस गर्नेमा पत्रकार साथीहरू अनिल तेलैँजा, मनोज बोगटी र सचिन चामलिङलाई धेरथोर थाहा हुनसक्छ, तेतै सम्पर्क गर्नोस्न ल। – लेखेँ। मध्यमार्गले समावेशी - बारे सोधेको प्रश्नको पनि चर्चा गर्दैथ्यौँ हामी। एकक्षिण मलाई उत्तर आधुनिक ऐना -को स्वर्गीय ज्याक डेरिडाप्रति हेर्ने इच्छा जागेकोले हेरिपठाउँछु। साथीहरू भने ग्रुप च्याटिङमा धमाधम औँली ठाडो पार्दैछन्। मलाई कुनि किन यो रचनाले तानिबस्छ। फुर्सदको बेला य
कविता अलिखित इतिहासका हिरो                       निरज थापा, लङ्कु मर्चा बेच्थ्यो रे मेरो बोउले। त्यसैले नामै बन्यो मर्चावाला कान्छा। मर्चावाला कान्छा हिट नाम। जब जब मेरो बोउ प्रत्येक गाउँको कुना कुना, चेपचेप जानुहुन्थ्यो रे रौनकले गाउँ झुम्थ्यो रे जसरी गर्मीपछि सितलमा शरीरहरू झुम्छन् त्यसरी , जसरी लगातारको वर्षापछि स्वच्छ बन्छ आकास सूर्यको मनोरम तापमा निस्कन्छन् हरेकका ध्वासोँ गन्हाउने कोटहरू रातमा टिमटिमाउछन् जसरी चन्द्र ताराहरू।                 कान्छाको मर्चा भेटेपछि त कोदोले आफ्नो रवाफ देखाउँछ गहुँहरू घोडा टेक्छन् चिउरीहरू निगार बन्छन् र गाउँलेले एउटा मिठो निद्रा सुत्छ रैतीको ऋण भुलेर - भन्थिन् रे गाउँकी साइँली- माइलीहरू। भातीको जोशमा मकै फलाउँथे रे साइँलाहरू बारीका कान्लाभरि भरि फापर र कोदो फालाउँथे रे रायो सागले बगान हुनु जानेको थ्यो रे तोरीहरू मगमगाउँथ्यो रे गाउँभरि। बोउले दिएको जानकारी र विधिमा मख्ख थिन् रे सप् अमिलो, चर्के- को नामै सुनिन्थेन रे खोयाबिर्के पनि उत्तिकै स्वादिस्ट स्वाट्ट प