Posts

Showing posts from December, 2018

कथा- बाटो

बाटो अब बाटो अर्कै । अध्यन र अध्याय अर्कै जीवनको । हामी दुवैको लक्ष्य र आधार एउटै तर । भेटैँला पछि कुनै सिद्धान्त र मर्यादाको मैदानमा । दोबाटोमा । मोडमा । यसरी गएथ्यो रमेश तीन वर्षअघि । बाघडोगरा हवाईअड्डाले छुट्याएथ्यो हामीलाई । गाउँलेले भएभरको सहयोग गरे हामीलाई । गाई बेचे । हल गोरू बेचे । अदुवा कुच्चोको पैसा हामीलाई दिए । कोओपरेटिभ ब्याङ्कबाट मोर्गेजको लोन काडे बाबाले । आमाले तिलहरी , सिरबन्दी, झुम्के बुलाकी , बाघमुखे चुरा बन्दक राखिन् साहुकहाँ । रमेशको बाबाले पनि त्यसै गरे । गाभिना गाई बिक्री गरे । दशैंलाई भनी राखेको सुँगुर बिक्री गरे । छोरोको बिहेलाई भनी राखेको खसी पनि बिक्री गरे । उनीहरूको आँखामा घरकोभन्दा बढी गाउँको भविश्य थियो । चिन्ता थियो । पीएमजीएसवाईको इन्कम्प्लिट बाटो भएर राष्ट्रपथ झरेका थियौँ हामी । उल्लासमा झन्नै जुत्ताका नोक भत्काएका थियौँ , ढुङ्गामा ठोक्काएर । ...... तीन वर्षपछि फर्केर गाउँमा पाइला टेकेको छु । मेरो बुटले पत्करहरू उडे गाउँभरि । सुकिला बाटा, दुवै छेवमा लहरै उभेका छन् बगेनाका रूखहरू । यात्री बिसौनीमा आपुगेको छु । पानीका ठुल्ठु