Posts

Showing posts from 2018

कथा- बाटो

बाटो अब बाटो अर्कै । अध्यन र अध्याय अर्कै जीवनको । हामी दुवैको लक्ष्य र आधार एउटै तर । भेटैँला पछि कुनै सिद्धान्त र मर्यादाको मैदानमा । दोबाटोमा । मोडमा । यसरी गएथ्यो रमेश तीन वर्षअघि । बाघडोगरा हवाईअड्डाले छुट्याएथ्यो हामीलाई । गाउँलेले भएभरको सहयोग गरे हामीलाई । गाई बेचे । हल गोरू बेचे । अदुवा कुच्चोको पैसा हामीलाई दिए । कोओपरेटिभ ब्याङ्कबाट मोर्गेजको लोन काडे बाबाले । आमाले तिलहरी , सिरबन्दी, झुम्के बुलाकी , बाघमुखे चुरा बन्दक राखिन् साहुकहाँ । रमेशको बाबाले पनि त्यसै गरे । गाभिना गाई बिक्री गरे । दशैंलाई भनी राखेको सुँगुर बिक्री गरे । छोरोको बिहेलाई भनी राखेको खसी पनि बिक्री गरे । उनीहरूको आँखामा घरकोभन्दा बढी गाउँको भविश्य थियो । चिन्ता थियो । पीएमजीएसवाईको इन्कम्प्लिट बाटो भएर राष्ट्रपथ झरेका थियौँ हामी । उल्लासमा झन्नै जुत्ताका नोक भत्काएका थियौँ , ढुङ्गामा ठोक्काएर । ...... तीन वर्षपछि फर्केर गाउँमा पाइला टेकेको छु । मेरो बुटले पत्करहरू उडे गाउँभरि । सुकिला बाटा, दुवै छेवमा लहरै उभेका छन् बगेनाका रूखहरू । यात्री बिसौनीमा आपुगेको छु । पानीका ठुल्ठु

तपाईँका आँखा

तपाईँका आँखा .......................... तपाईँ मेरो आँखा मनपराउनु हुन्छ। मन पराउनु हुन्छ? तेसो भा तपाईँ भ्रममा हुनुहुन्छ आँखै मन पराउने त तपाईँका नि आँखा छन् तपाईँ मेरो अनुहार मन पराउनु हुन्छ? मेरो अनुहार हेर्ने पनि तपाईँका आँखै छन् के तपाईँ मेरो शरीर मन पराउनु हुन्छ? त्यो शरीर हेर्ने पनि तपाईँका आँखा छन् त्यो शरीर जो सधैँ मेरो हुँदैन तपाईँ त्यसलाई माया गर्नुहुन्छ? तपाईँ मसितै मेरो घर मन पराउनुहुन्छ रेडिमेट तपाईँ मसितै मेरा गाडीहरु मन पराउनुहुन्छ कुकुरहरु मन पराउनु हुन्छ जसले तपाईँको वरिपरि पुच्छर हल्लाउँदै घुम्छ तपाईँ मेरा बघैँचालाई प्रेम गर्नुहुन्छ बघैँचामा फुलेका गुलाबहरु चुम्नुहुन्छ बसेका शितहरुमा हात डुलाउनु हुन्छ जुन बघैँचा मेरा दश मालीहरुका स्यारले बनेका छन् तपाईँ हावाघरमा पोज दिएर बस्नुहुन्छ 20 मेगापिक्सेल सेल्फी एक्सपर्टले ओँठ चुच्चो पारेर फोटो खिच्नुहुन्छ तपाईँ मेरो केश मन पराउनुहुन्छ घरि ठाडो पारिदिनुहुन्छ घरि छड्के घरि तेर्सो तपाईँ मेरा हात खुट्टा जिउ-डाल, रङ मन पराउनुहुन्छ तपाईँलाई त्यो आँखाले कति भ्रमित गरेको छ भने तपाईँले

केही कुकुरहरू रूँदै फर्किए।

कविता केही कुकुरहरू रूँदै फर्किए। केही हापेनहरू छिल्लिँदै गए पछिपछि गए केही कट्मेरा ड्रगहरू केही पछि गए तीनपानीले रन्थनिएका खु्ट्टाहरू   लर्बरिँदै लर्खरिँदै हवाइजहाज उडाउने गाँजाहरू गए पछिपछि केही कुकुरहरू रूँदै फर्किए उप्रान्त सडक सुनसान हुने घटनामा थियो भान्साघरहरूले कान ठाडो पार्दैथियो अब भालेको डाक सुनिने छैनन् एकप्रकारका भइरहेका थिए ठूलो घरका दैलाहरू हावाहरू स्तब्ध थिए पानीहरू हाँगा हाँगामा बसेर रमिता हेर्दै थिए जूनको प्रकाश झनै मधुरो भएथ्यो घडी हेरेँ - रातको बाह्र बजेको रहेछ। चकमन्न थियो गाउँ मात्र खहरे उर्लेको आवाज सुनिँदै थियो भोलिपल्ट। केही चुराहरू हल्ला गरिएका सुनिए   धारामा केही मुखहरू चुपचाप देखिए हुनु अघि नै किन मेरो आँखा फुटेन - वाक्यहरू बेतमासले बिद्रोह बोल्दैथिए केही सजग वाक्यहरू सुनिए -               समय राम्रो छैन                परिवेश राम्रो छैन               कानुन राम्रो छैन                देश राम्रो छैन। मैले चुपचापहरूसित चुपचाप प्रश्न गरेँ तेसो भा के राम्रो छ ? तपाईँको नियत ? ………………………………