भारतमा नेपाली भाषा - साहित्यमा उच्च शिक्षा Higher studies in Nepali language and literature in India निरज थापा सिलगढी भारतमा नेपाली भाषा-साहित्यको अध्ययन-अध्यापनको प्रक्रिया साह्रै पुरानो र साह्रो नयाँ होइन तथापि मातृ भाषा ( Vernacular)- को रूपमा भने धेरै वर्ष पहिले नै पठन-पाठन सुरु भएको हो। जे. एटनले सन् 1820 तिर ग्रामर अफ द नेपालिज ल्याङ्गवेज लेखेर नेपाली भाषाको स्थानको दह्रिलो पक्ष स्थापित गरेका थिए तापनि भारतको संविधानको आठौँ अनुसूचीमा यो भाषाले 20 अगस्त , 1992 मा मात्र मान्यता प्राप्त गर्न सक्षम बन्यो। भारतको संविधानको आठौँ अनुसूचीमा मान्यता प्राप्त नेपाली भाषा पश्चिम बङ्गालको दोस्रो राज्य भाषा हुनुका साथै सिक्किम राज्यको प्रशासनिक भाषा पनि हो। वर्तमानमा यो भाषामा थुप्रै दैनिक पत्र-पत्रिका , साप्ताहिक , मासिक , सम-सामयिक पत्रिकाहरू पनि प्रकाशित भइरहेका छन्। तीबाहेक थुप्रै साहित्यिक जर्नलहरू पनि प्रकाशित भइरहेका छन्। यसरी भारतमा नेपाली साहित्यको पठन-पाठन दह्रिलो बन्दै गइरहेको छ। नेपाली भाषामा बुनियादी तथा माध्यमिक तहको शिक्षाको प्रारम्भ नेपाली भाषामा बुनियादी...